विरुवा गाउँपालिकाको प्रशासकीय भवनको अर्थमन्त्री विष्णु पौडेलद्वारा उद्घाटन

स्याङ्जा/फागुन २: स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको संघीय अर्थमन्त्री तथा नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेलले उद्घाटन गरेका छन्।

विरुवा गाउँपालिकामा आज आयोजित कार्यक्रममा उपस्थित उनले प्रशासकीय भवनको उद्घाटन गर्दै अब नागरिकलाई प्रदान गरिने सेवाप्रवाह थप व्यवस्थित र छरितो हुने विश्वास व्यक्त गरे।

उक्त कार्यक्रममा प्रतिनीधि सभा सदस्य राजु थापा, पूर्वमन्त्री पद्मा अर्याल,, पूर्वमन्त्री किरण गुरुङ, गण्डकी प्रदेश सभा सदस्य सीता कुमारी सुन्दास, गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश समा सदस्य, जिल्ला समन्वय प्रमुख र उपप्रमुख, लगायत स्याङ्जा जिल्लाका स्थानीय तहका वर्तमान प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षहरुको समेत उपस्थिति रहेको थियो।

सो अवसरमा विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले विरुवा गाउँपालिकाको तर्फबाट विभिन्न योजनाहरुलाई समेटी अर्थमन्त्री विष्णु पौडेल समक्ष मागपत्र समेत पेश गरेजा थिए भने अर्थमन्त्री विष्णु पौडेलले विरुवा गाउँपालिका लगायत सिंगो स्याङ्जा जिल्लाको विकास र समृद्धिमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

Share Post on Social media