चितवनमा २ कोरोना संक्रमितको मृत्यु

कार्तिक १४/चितवन: चितवन मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृतकहरु एक जना चितवनका र अर्का रुपन्देही बुटवलका हुन्।

चितवनको रत्ननगरपालिका वडा नम्बर ९ का ८८ वर्षीय पुरुषको आज बिहान ६ बजेर ५४ मिनेट जांँदा मृत्यु भएको हो।

यसैगरी रुपन्देहीको जिल्ला वुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका उनको गएराति ११ बजेर ४७ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

Share Post on Social media