टि-ट्वान्टी क्रिकेटमा क्रिस गेलले हाने १००१ छक्का

कार्तिक १४/अन्तर्राष्ट्रिय: युनिभर्स बोसको उपनामले कहलिएका ४१ वर्षीय क्रिस हेनरी गेलले टि-ट्वान्टी क्रिकेटमा १००० छक्काको कोसेढुङ्गा पार गरेका छन्।

युएईमा जारी १३ औँ संस्करणको आईपिएलमा राजस्थान रोयल्स बिरुद्ध ९९ रन बनाउँदै उनले उक्त रेकर्ड पूरा गरेका हुन्।

शतक बनाउनबाट १ रनले चुकेका उनलाई इङ्गल्याण्डका तिव्र गतिका बलर जोफ्रा आर्चरले बोल्ड गरे।

क्रिस गेलले हालसम्म टि-ट्वान्टी क्रिकेटमा १००१ छक्का प्रहार गरेका छन्।

उनले ओडिई क्रिकेटमा १०४८० रन, टेष्ट क्रिकेटमा ७२१४ रन र टि-ट्वान्टी इन्टरनेशनल क्रिकेटमा १७२७ रन बनाएका छन्। भने २५७ अन्तर्राष्ट्रिय विकेट लिएका छन्।

जमैकामा जन्मेका क्रिस गेल वेस्ट इन्डिजको मुख्य खेलाडी हुन्। उनले हालसम्म सन्यास लिईसकेका भने छैनन्।

Share Post on Social media