गुप्तेश्वर युवा क्लब दाह्रेगौँडाद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधि पर्वतलाई, आयोजक द्वितीय

खबरकलम संवाददाता /स्याङ्जा: गुप्तेश्वर युवा क्लब दाह्रेगौँडाद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधि फलेबास नगरपालिका पर्वतको टोलीले जितेको छ।

आज आयोजित भलिबल प्रतियोगिताको फाइनलमा आयोजक गुप्तेश्वर युवा क्लब दाह्रेगौँडाको टोलीलाई २- १ को सेटमा हराएर पर्वतले उपाधि जितेको हो। उपाधिसँगै विजेता टोलीले नगद रु ५१ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्यो। यस्तै अग्रदीप युवा क्लब लामडाँडाले तेस्रो स्थान हात पार्यो।

नयाँ वर्ष २०८२ सालको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगितामा विभिन्न स्थानका १२ वटा टोलीको सहभागिता रहेको थियो।

फाइनल समारोह कार्यक्रममा प्रमुख अतिथिको रुपमा अर्जुनचौपारी गाउँपालिकाकी उपाध्यक्ष सपना गुरुङ उपस्थित थिइन् भने विशिष्ट अतिथिको रुपमा भीरकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष ताराप्रसाद अर्याल, दलित उद्यान केन्द्र अर्जुनचौपारी संयोजक दीपक विश्वकर्मा, विश्व हिन्दू युवा संघ स्याङ्जा अध्यक्ष नवराज पौडेल लगायतका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो।

Share Post on Social media