कंचनपुरमा तीन जनाको शव फेला
कार्तिक १५/कंचनपुर: कञ्चनपुर जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा एक किशोरीसहित तीनजनाको शव फेला परेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका ४, मालुमेलास्थित जङ्गलमा आज बिहान दुईजनाको शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका ११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो।
यसैगरी कंचनपुर जिल्लाकै महाकाली नदीमा आज भीमदत्त नगरपालिका ६ का २३ वर्षीय सरोज चौधरीको शव भेटिएको छ । गत मङ्गलबार साथीहरुसँग दोधारा चाँदनी झोलुङ्गे पुल घुम्न गएका बेला नुहाउने क्रममा चौधरी बेपत्ता भएका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्