खेत जोत्ने हाते ट्रयाक्टरले एक जनाको ज्यान लियो

काठमाडौं/कार्तिक १५: खेत जोत्ने हाते ट्रयाक्टर दुर्घटना हुँदा एकको ज्यान गएको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित दार्जिलिङ हाइटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा ५० वर्षीय कृष्णराम सुवालको मृत्यु हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा त्यसको फालीले घाँटीलगायत शरीरमा चोट लागेका उनको उपचारको क्रममा निधन भएको हो।

Share Post on Social media