मुम्बई इन्डियन्सलाई १० विकेटले हराउँदै सनराइजर्स हैदराबाद अघिल्लो चरणमा प्रवेश गर्यो

कार्तिक १८/ खेलकुद: युएईमा जारी १३ औँ संस्करणको आईपिएलमा गर या मरको खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई १० विकेटले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ।

मुम्बईले पहिले ब्याटिङ गरेर १४९ रन बनाउँदै १५० रनको लक्ष्य दिएको थियो। १५० रनको लक्ष्य पछ्याएको हैदराबादले आजको खेल जित्दै क्वालिफायर भएको छ।

आजको खेलमा पहिलो विकेटको लागि डेबिड वार्नर र ऋद्दिमान शाहले शतकीय साझेदारी गर्दै खेल जिताए।

आजको खेल हारेपनि मुम्बई इन्डियन्सलाई कुनै फरक भने पर्ने छैन। किनकि, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर यसअघि नै क्वालिफायर भैसकेका छन् भने चेन्नई सुपर किङ्स, किङ्स इलाभेन पञ्जाब, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स लिग चरणबाटै बाहिरिएका छन्।

Share Post on Social media