डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि

कार्तिक २८/काठमाडौं: डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वासप्रश्वासमा समस्या तथा रुघाखोकी देखिएपछि डा. केसीको बिहीबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो।

डा. केसीलाई हाल शिक्षण अस्पताल महारजगञ्जको गणेशमान सिंह भवनमा भर्ना गरिएको छ र, उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ।

Share Post on Social media