विख्यात फुटबलर म्याराडोनाको मृत्यु

मंसिर ११/ अन्तर्राष्ट्रिय: विश्व फुटबल जगतका महान हस्तीमध्येका एक डियगो म्याराडोनाको मृत्यु भएको छ।

ब्राजिलियन पेले पछिका महान खेलाडी मानिने अर्जेन्टिनी स्टार म्याराडोनाको ६० वर्षको उमेरमा ह्रृदयघातका कारण बुधबार राति ज्यान गएको हो।

उनले अर्जेन्टिनालाई विश्वकप जिताउन महान योगदान गरेका थिए। विश्वकपमा उनले हातले गरेको गोललाई आजसम्म पनि गोल्डेन गोलले चिनिन्छ।

महान फुटबलर म्याराडोनाको निधनमा खबरकलम डटकम भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।

Share Post on Social media
  •  
  •  
  •  
  •