अष्ट्रेलियाले दिएको विशाल लक्ष्य भारतले भेट्टाएन, ६६ रनको हार

मंसिर १३/काठमाडौं: भारत र अष्ट्रेलियाबीच अष्ट्रेलियामा चलिरहेको एकदिवसीय क्रिकेटको पहिलो खेलमा भारत पराजित भएको छ।

अष्ट्रेलियाले दिएको ३७५ रनको विशाल लक्ष्य भारतले पूरै ओभर खेलेपनि खेल ६६ रनले गुमाउन पुग्यो।

अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै कप्तान आरोन फिन्च र पूर्व कप्तान स्टिभन स्मिथको शतकमा विशाल लक्ष्य दिएको थियो। जवाफमा भारतका सुरुवाती ब्याट्सम्यान जम्न नसक्दा शिखर धवन र हार्दिक पाण्ड्याको अर्धशतक जीतको लागि पर्याप्त भएन।

अष्ट्रेलियाले पाहुना टोलीलाई हार चखाउँदै स्वागत गरेको छ।

Share Post on Social media
  •  
  •  
  •  
  •