डिसहोम डिलर दाइको योजना अन्तर्गत एक लाख बिजेतालाई रकम प्रदान गरियो

पौष २/स्याङ्जा: डिस मिडिया प्रालिद्वारा सञ्चालित डिसहोम डिलर दाइको योजना अन्तर्गत गण्डकी प्रदेश स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ७ निवासी हुमा कुमारी अर्याललाई लक्की ड्र मार्फत परेको एक लाख रकम हस्तान्तरण गरिएको छ।

आज स्याङ्जा जिल्ला भीरकोट नगरपालिका वडा नं १ स्थित डिसहोमको डिलर दाइ (अविनाश बिजुली पसल) मा आयोजित एक कार्यक्रमका बीच उक्त पुरस्कार हस्तान्तरण गरिएको हो।

डिसहोमको गण्डकी प्रदेश निर्देशक राजाराम पौडेलले डिसहोमले छिट्टै स्याङ्जा जिल्लामा डिस फाइबर अन्तर्गत अप्टिकल फाइबरको इन्टरनेट समेत उपलब्ध गराउने वाचा गरे।

डिसहोमका डिलर दाइ संचालक अविनाश रेग्मीले डिसहोमले ल्याएको योजना घरघरमा पुर्याउने लक्ष्यका साथ भीरकोट नगरपालिका र पुतलीबजार नगरपालिकामा समेत अत्यधिक मात्रामा डिस जडान कार्य भैरहेको जनाएको छन्।

स्याङ्जा जिल्लाका डिसहोम व्यवस्थापक गोविन्द शर्माले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि राजाराम पौडेल थिए।

Share Post on Social media