ज्यान सम्बन्धी कसूरमा एक जना पक्राउ

पौष ५/ स्याङ्जा: जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ज्यान मारेको कसूरमा एक जनालाई पक्राउ गरेको छ।

स्याङ्जा हरिनाश गा.पा. वडा नं. -०५ आग्रीडाँडामा सामान्य विवाद हुँदा सोही स्थानमा बस्ने वर्ष २६ को रेशम रानाले बस्ने वर्ष १४ को शेर ब. थापालाई कोदालोले टाउकोमा प्रहार गर्दा घट्नास्थलमै मृत्यु भएको हो।

अभियुक्त रेशम रानालाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरीले जनाएको छ।

Share Post on Social media