भारतीय च्यानललाई प्रम ओलीको अन्तर्वार्ता, “सार्वभौमसत्ता भन्ने चीज सानो ठूलो हुँदैन”

पौष २७/काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय च्यानल जी न्युजका प्रधान सम्पादक सुधिर चौधरीलाई अन्तर्वार्ता दिँदै सार्वभौमसत्ता कहिल्यै सानो ठूलो नहुने बताएका छन्।

  • हिमालदेखि समुन्द्र तिमीहरुसँग थियाे, तरपनि गरिब रह्याै।
  • नक्सा तिमीहरुले हेर्नुपर्छ। न की पंक्षी र माछाहरूले।
  • जेनयूमा कार्यक्रम राखे इतिहास पढाउन आउँला।
  • हामी त कहिल्यै अरूकाे गुलाम भएनाै।
  • राम जन्मेकाे ठाउकाे अनुसन्धान गराै।
  • भारत हाम्राे बाेस भन्ने मानसिकता त्याग। बराबर हैसियत हाे।भूगोल सानोठूलो होला। जनसंख्या धेरै थोरै हुन सक्ला। तर राष्ट्रियता समान हो।
  • उमेरले दाजुभाइ हुन सकिएला। तर, प्रधानमन्त्री पदको हिसाबले सरकार प्रमुखको हैसियतले सानो प्रम र ठूलो प्रम भन्ने कुरा हुँदैन।
  • चीन भारत बीचकाे समस्यामा हाम्राे लेनादेना छैन। हामी कसैको गल्ती पनि सही र कसैको गल्ती जरुर गल्ती भन्दैनौँ। गल्ती जसले गरेपनि गल्ती हो। र, हामी सत्य र तथ्यको पक्षमा हुन्छौँ।
  • भारत कहिल्यै अखण्ड थिएन।
  • मन्त्रको मन्त्र गायत्री मन्त्र नेपालकै कोशी नदीको चतरामा कौशिक ऋषिले लेखेका थिए। नेपाल तपोभूमि हो। ज्ञानभूमि हो। योग भूमि हो। मात्र यहाँको ज्ञानलाई फैलिन दिइएन। रोकियो।
  • हाम्रो विदेशी नीति तटस्थताको हो र रहन्छ।

Share Post on Social media