स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा बस दुर्घटनाग्रस्त

माघ २४/स्याङ्जा: स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा बस दुर्घटनाग्रस्त भएको छ।

पोखरादेखि अवलोकन भ्रमणमा आएको आमा समूहको टोली बोकेको बस सुरुवारी अवलोकनगरी फर्कने क्रममा स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं ६ निउवाबोटमा दुर्घटना भएको छ।

भ्रमण टोलीमा ३७ जना रहेको तथा ६ जना घाइतेको थप उपचारको लागि पोखरा रिफर गरिएको र सामान्य घाइते ४ जनालाई आँधीखोला सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको उद्धारमा संलग्न स्थानीयले जानकारी दिएका छन्।

Share Post on Social media