अनेरास्ववियु भीरकोट नगर अधिवेशन सम्पन्न

फागुन २९/स्याङ्जा: अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन भीरकोट नगरपालिकाको नगर अधिवेशन आज सम्पन्न भएको छ।

रवि थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय सदस्य नरेश रोकाया थिए। विशिष्ट अतिथि नेकपा एमालेका भीरकोट अध्यक्ष विश्वनाथ अर्याल तथा नेकपा एमाले क्षेत्र नं १ स्याङ्जा अध्यक्ष विश्व पौडेल रहेका थिए।

करिब २५० जनाको उपस्थितिमा सम्पन्न भएको उक्त अधिवेशनले रवि थापाको अध्यक्षतामा ३१ सदस्यीय नगर समिति गठन गरेको जानकारी सागर थापाले खबरकलमलाई गराएका छन्।

Share Post on Social media