लागूऔषध सहित काफ्ले र विक्रम पक्राउ

चैत १६/स्याङ्जा: लागूऔषध सहित दुई जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।

यही चैत १४ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले विशेस सूचनाको आधारमा जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. १ ट्याक्सी चोकमा बुटवलबाट पोखरातर्फ गैरहेको ग. १ ख. ६०८२ नं. को बसमा चेकचाज गर्ने क्रममा स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका वडा नं. ३ सिमलचौर वस्ने २२ वर्षीय किस्मत काफ्ले के.सी. तथा उदयपुर गाईघाट न.पा. ७ वस्ने २४ वर्षीय विक्रम सुनार पक्राउ परेको जानकारी जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्र अधिकारीले दिएका छन्।

उनीहरुको साथबाट डाईजेपान २५ एम्पुल , नुर्फिन २५ एम्पुल , फिनरागन २५ एम्पुल , जम्मा ७५ एम्पुल बरामत गरिएको प्रहरीले जनाएको छ ।

Share Post on Social media