नेविसंघ स्याङ्जा काठमाडौँद्वारा स्वास्थ्य सामग्री वितरण

जेठ १५/स्याङ्जा: गणतन्त्र दिवसको अवसरमा ने.वि.संघ स्याङ्जा काठमाण्डौं सम्पर्क समितिद्वारा स्वास्थ्य सामग्री वितरण गरिएको छ।

गह्रौ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ, भीरकोट नगर अस्पताल हेलु, गल्याङ नगर अस्पताल, वडा प्रहरी कार्यालय वालिङ , सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी, वालिङ मोड प्रहरी बिट, गल्याङ प्रहरी बिट, बाँयटारी प्रहरी बिट, रामबाच्छा प्रहरी बिट, कृषि बयरघारी प्रहरी बिट लगायत लाई ४,५०० मास्क, ६० लि. सेनिटाईजर र २० थान अक्सिमिटर वितरण गरिएको सरोज पौडेलले जानकारी दिए।

Share Post on Social media