पहिरोको कारण दुई दिनदेखि सडक अवरुद्ध, एकतर्फी खुलाउने प्रयास जारी

असार ७/राम बहादुर रोकाहा: केही दिन अगाडिको अविरल वर्षाको कारणले गएको पहिरोले हेलु-अर्जुनचौपारी सडकखण्ड अवरुद्ध भएको हो।


केहिदिन अघिको वर्षाले गलाएको जमिनमा गएको पहिरोले उक्त सडकखण्ड अवरुद्ध बनाउँदा पैदलमार्ग साथै अत्यावश्यक कामको लागि चल्ने यातायातका साधनहरुलाई अप्ठ्यारो परेको हो । विगत दुईदिनदेखि अवरुद्ध भएको बाटोमा सानो डोजरले पहिरो फाल्न नसक्ने भएकोले ठूलो चेन-डोजर प्रयोग गरि पहिरो फाल्ने कार्य भइरहेको छ ।


पहिरोले अवरुद्ध भएको हेलु-अर्जुनचौपारी सडकखण्ड संचालनमा नआएसम्म एम्बुलेन्स लगायतका अत्यावश्यक यातायातका साधनहरुलाई अर्जुनचौपारी रैते हुँदै पुतलीबजार नगरपालिका वडा नम्बर-१३ स्थित वडहरेको सडकखण्डलाई बाइपास बनाई विकल्प रोज्न सम्पुर्णलाई जानकारी गराउँदछौं।

Share Post on Social media