भीरकोट नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

असार ९/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा अवस्थित भीरकपट नगर अस्पताल (तत्कालीन कालिका सामुदायिक अस्पताल) लाई गोर्खा वेलफेयर ट्रष्टले स्वास्थ्य सामग्री सहयोग गरेको छ।

कालिका सामुदायिक स्वास्थ्य सेवा संस्थाद्वारा संचालित स्याङ्जाको भीरकोट – १ हेलु स्थित भीरकोट नगर अस्पताललाई गोर्खा वेल्फेयर ट्रस्ट पश्चिम क्षेत्रीय कार्यालय पोखराबाट कोभिड- १९ नियन्त्रण र रोकथामका लागि पठाइएको पिपिई, मास्क, सेनिटाइजर, ग्लब्स, गम बुट लगाएत २२ प्रकारका करिब ४ लाख बराबरको स्वास्थ्य सामग्री आज अस्पताल प्रशासनको रोहवरमा गोर्खा वेल्फेयर ट्रष्टका रिटायर मेजर वीर वहादुर गुरुङले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मुक्ति बगालेलाई हस्तान्तरण गरेका छन् ।

Share Post on Social media