कोभिडको संक्रमणमै स्याङ्जाका विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउने प्रअ तथा शिक्षक पक्राउ

साउन १२/स्याङ्जा: कोरोना भाइरसको दोश्रो लहरले देशभर महामारीको रुप लिइरहेका बेला स्याङ्जा जिल्लामा भौतिक रुपमा विद्यालय खोलेर पठनपाठन गराउन खोज्ने प्रअ तथा शिक्षकलाई प्रहरीले पक्रेको छ।

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकास्थित सार्वजनिक विद्यालयले जिल्ला प्रशासन कार्यालय स्याङ्जाको निषेधाज्ञालाई अटेर गरी संक्रमणकै बीच विद्यालय खोलेर भौतिक रुपमा विद्यार्थी बोलाई पठनपाठन गराउन खोजेकाले पहिलोपटक सम्झाई बुझाई गरी छाडिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

उसैपनि स्याङ्जा जिल्लामा दिनहुँ पचास भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिईरहेका छन्। स्याङ्जा जिल्लामा पनि भीरकोट नगरपालिका कोरोना संक्रमणको जोखिमले रेड जोनमा परेको नगरपालिका हो। महामारीको बेला विद्यालय खोलेर भौतिक रुपमा पढाई सुरु गर्नु आफैमा महामारीलाई ठाडो निम्तो दिनु हो। यस कुरालाई कसैले पनि नजरअन्दाज गर्नु हुँदैन।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारीले दिएको जानकारी अनुसार भौतिक रुपले विद्यालय संचालन गर्न खोज्ने प्रअ तथा शिक्षकलाई निगरानी गरिने र कडाईका साथ निषेधाज्ञाको पालना गर्न लगाइने कुरा उल्लेख छ। यदि त्यसो भएको नपाइएमा सरुवा तथा संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही हुने जानकारी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले दिएका छन्।

Share Post on Social media