पोखराबाट सिटी वन टेलिभिजनको परीक्षण प्रसारणको थालनी

भदौ १४/राम बहादुर रोकाहा/स्टार नेपाल मिडिया हब प्रा.लि.द्वारा संचालित गण्डकी प्रदेशको पोखरा नयाँबजारमा प्रधान कार्यालय भएको सिटी वन टेलिभिजनले आजबाट परीक्षण प्रसारण शुरु गरेको छ।

श्रीकृष्ण जन्माष्टमीको शुभ दिन पारेर नेपाली सञ्चार माध्यमको जगतमा “समाचार र मनोरञ्जनका लागि सिटी वन”भन्ने मुल नारा सहित आज टेलिभिजन स्टुडियोमा एक कार्यक्रम सहित उक्त प्रा.लि.का अध्यक्ष पवन प्रजापतिद्वारा आजबाट औपचारिक रुपमा देशव्यापी परीक्षण प्रसारण सुरु भएको हो ।

आजबाट परीक्षण प्रसारणमा रहेको उक्त एचडी टेलिभिजन क्लियर टिभि रिसिभरको ९६३ च्यानल नम्बर साथै आधिकारिक फेस्बुक पेज र युट्युब च्यानलबाट समेत हेर्न पाइन्छ ।


आजबाट परिक्षण प्रसारण थालनी भएसङ्गै अध्यक्ष प्रजापतिले गण्डकी प्रदेशका सम्पूर्ण नागरिक एवं दर्शकलाई आत्मसात गर्दै उहाँहरुकै आवाज टेलिभिजनबाट बोलिने भन्ने बताउनुभयो । सोही टेलिभिजनकी प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले आगामी असोज महिनादेखि टेलिभिजनले नियमित प्रसारण गर्ने जानकारी दिइन् ।


प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार टेलिभिजनले परिक्षण प्रसारण शुरु गरेसङ्गै सूचना ,मनोरञ्जन , विभिन्न रियालिटी सो कार्यक्रम साथै पर्दा पछाडी रहने सम्पुर्ण विषयवस्तु र आवाजबिहिनको आवाज बनेर आफ्ना समाचार एवम् कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिनुभयो । साथै उहाँले अन्लाईन र टेलिभिजनको मोबाइल एपलाई पनि थप परिस्कृत गर्दै लैजाने बताउनुभयो ।

Share Post on Social media