भारतले फेरी चिनिया एप्समाथि लगायो प्रतिबन्ध

१८ भदौ/खबरकलम: केही महिनाअघि गलवान प्रान्तमा भएको भारत चीन सैनिक झडपपछी भारत र चीनबीचको सम्बन्ध चिसिंदै गएको छ। सम्बन्धको उक्त चिसोपना पश्चात भारतमा चीनबिरोधी अभियान सुरु भएको छ।

चीनका धेरै उत्पादन बहिस्कार गर्ने लहरमा फेरी भारत सरकारले पब्जी सहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतको सूचना तथा प्रविधि मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

Share Post on Social media