जाजरकोट जाँदै गरेको बस दुर्घटनाग्रस्त, ५ को मृत्यु ३२ घाइते

मंसिर १२/खबरकलम संवाददाता: नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको रात्री बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस गए राति २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

दुर्घटनामा परेर २७ जना घाइते भएका छन्। बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी रहेको र मृतकको सनाखत समेत नभएको प्रहरीको भनाइ छ।

Share Post on Social media