उल्लेरी युवा क्लबले सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने

मंसिर १५/स्याङ्जा:

राम बहादुर रोकाहा
स्याङ्जा र कास्की जिल्लाको सिमाना स्थित पर्ने उल्लेरी गाउँमा स्थानीय युवा क्लबले सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ ।


“स्वास्थ्य जिवनका लागि खेल” भन्ने मुल नारा सहित यहि मंसिर २२ देखि २५ गतेसम्म पोखरा -२२, उल्लेरी स्थित ब्याडचौर खेलमैदानमा प्रतियोगिता आयोजना गरिएको उल्लेरी युवा क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो ।


उक्त प्रतियोगिता बाजि मार्ने प्रथम टिमलाई रु. ५०,००० , ट्रफी, मेडल , प्रमाणपत्र ,दृतिय हुने टिमलाई रु. २५,०००, ट्रफी, मेडल , प्रमाणपत्र र तृतीय हुने टिमलाई रु. १०,००० , मेडल , प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ भने गेमका उत्कृष्ट खेलाडी साथै बेस्ट गोलकिप्परलाई समेत ट्रफीले पुरस्स्कृत गरिने अध्यक्ष जीवन गुरुङले बताउनुभयो ।
त्यस्तै प्रतियोगितामा भाग लिन आउने टिमलाई दर्ता शुल्क रु. ५,००० रहेको र दर्ता मंसिर १८ गतेसम्म गर्न सकिने व्यहोरा क्लबका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

Share Post on Social media