वालिङमा चक्कु प्रहार गरी हत्या

खबरकलम संवाददाता/पौष २८: स्याङ्गजाको वालिङ्गमा एक नाबालकको चक्कु प्रहार गरी हत्या भएको छ।

वालिङ१० भकुण्डे ठाडोलाईनमा डेरामा बुबाआमा सँगै बस्ने अन्दाजी १६ महिनाको नाबालकको घाँटी रेटेर निर्ममता पुर्वक हत्या गरिएको हो।
स्याङ्जा सिर्सेकोट छापा स्थायी घर भई भकुण्डेमा डेरा गरेर बस्ने नाबालकलाई त्यही घरमा अर्को डेरामा बस्ने पर्वत ५ पैंयुका ३३ वर्षीय जितेन्द्र गुरुङले हत्या गरेको प्रहरीले बताएको छ ।

हत्या आरोपित गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बुझिएको छ ।

Share Post on Social media