पर्यटन मन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि

माघ ३/काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए। 

मन्त्री आलेको  स्वास्थ्य अवस्था सामान्य रहेको तर उनका स्वकीय सचिव समेतलाई कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ।

Share Post on Social media