भीरकोट नगरपालिकाका विद्यालय भोलिबाट बन्द

माघ ४/स्याङ्जा: स्याङ्जा जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भीरकोट नगरपालिकाले विद्यालय बन्द गर्ने भएको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन, जिल्ला कोभिड संकट व्यवस्थापन समितिको परिपत्र समेतमा विद्यालय माघको १५ सम्म बन्द गरी शिक्षण सिकाइ क्रियाकलापलाई भर्चुअल माध्यमबाट गर्ने भनिएबमोजिम भीरकोटले पनि आज एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

नगरपालिकाभित्र समेत कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि नगरप्रमुख समेतको उपस्थितिमा बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषालले जनाएका छन्।

विद्यालय माघको १५ सम्म बन्द हुनेछन्।

Share Post on Social media