काँग्रेस उपसभापति धनराज गुरुङ सहितको टोली समबेदना प्रकट गर्न अर्जुनचौपारीमा

फागुन ६/स्याङ्जा:नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ, जिल्ला सभापति राजु थापा सहितको टोली युवा व्यवसायी नेपाली कांग्रेसका सक्रिय सदस्य तथा तरुण दलका नेता अशोक क्षेत्रीको घरमा पुगेका छन्।

स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ माजपाटा निवासी अशोक क्षेत्रीका पिता मोतिलाल क्षेत्रीको निधनमा शोक व्यक्त गर्न उपसभापति सहितको टोली माजपाटा पुगेको हो।

गाउँ-गाउँमा सदस्यता विस्तार गर्ने कार्यमा निकै अग्रणी भूमिका निर्वाह गरिरहेका जिल्ला सभापति राजु थापाले सहमति र सहकार्यको‌ भावनाले अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै आ-आफ्नो क्षेत्रबाट सबै लाग्न समेत आग्रह गरे।

करिब ३० जना काँग्रेस कार्यकर्तासहित समवेदना प्रकट गर्न पुगेका धनराज गुरुङ ‌स्वयं‌ पनि अर्जुनचौपारी गाउँपालिका निवासी संविधान सभाका सभासद् समेत हुन्।

मृतक मोतिलाल क्षेत्रीको दिवगंत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति खबरकलम डटकम समेत भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ।

Share Post on Social media