फागुपूर्णिमाको अवसरमा अर्जुनचौपारीमा वडास्तरीय भलिबल प्रतियोगिता सुरु

चैत ३/रामबहादुर रोका: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं. १ बजारमा फागुपूर्णिमाको अवसरमा वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

भलिबलको उद्घाटन गर्दै अध्यक्ष दीर्घनारायण अर्याल र उपाध्यक्ष चीनमाया गुरुङ

दरौँखोला युवा परिवारले आयोजना गरेको उक्त भलिबल प्रतियोगिता चैत्र ०२ गते पालिका प्रमुख दीर्घनारायण अर्यालद्वारा उद्घाटन गरिएको सोही युवा परिवारका सचिव लोक प्रसाद पौडेल(सारस)ले जानकारी दिनुभयो।

चैत्र ०२ गतेदेखी शुरु भएको अन्तर वडास्तरीय भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ७७,७७७ , द्धितीय पुरस्कार ५५,५५५ , तृतीय पुरस्कार २५,५५५ साथै शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने वेष्ट प्लयेर , स्पाइकर र लिफ्टरलाई समेत आकर्षक पुरस्कार रहेको युवा परिवारका अध्यक्ष दुबिन गुरुङले बताउनुभयो।

उहाँले खेल राष्ट्रिय रेफ्रीहरुद्वारा पोल सिस्टम अनुसार खेलाइने र मादक पदार्थ सेवन गरेका खेलाडीलाई खेलमा समावेश नगरिने साथै खेलमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय रहने बताउनुभयो ।

उक्त उद्घाटन समारोहमा अर्जुनचौपारी गाउँपालिका प्रमुख दीर्घनारायण अर्याल , उपप्रमुख चिनमाया गुरुङ , नेकपा एमाले पालिका अध्यक्ष मोहन बहादुर अधिकारी , नेपाली काङ्ग्रेस पालिका कार्यसमितिका उपसभापति क्षेत्र बहादुर रोकाहा , समाजसेवी ललित थापा , अर्जुनचौपारी प्रहरी चौकीका इन्चार्ज नेपाल प्रहरीका नायव निरीक्षक भेषराज रेग्मी लगायत उल्लेखनीय दर्शकहरुको उपस्थिति रहेको उक्त परिवारका उपाध्यक्ष नवीन गुरुङले जानकारी दिनुभयो ।

Share Post on Social media