महाशिलाका अनुशासित पालिका अध्यक्षका उम्मेदवार

वैशाख २१/नवराज भुषाल:

पर्वत: राजनीति समाज सुधारको अभियान हो र नेतृत्व चयन सुधारको प्रक्रिया पनि हो। सामाजिक विकास योजना नागरिकको सारथी र सामाजिक नेतृत्वको अनुभवको समायोजन प्रक्रिया पनि हो। राजनीति सुधार गर्न हाम्रो मत सही ठाउँमा लगाउनुपर्छ। स्थानीय सरकार दैनिक जीवनसँग जोड्ने सरकार हो, त्यसको नेतृत्व नीति निर्माण कार्यान्वयन गर्न सक्ने सामाजिक सद्भावनालाई कायम राख्न सक्ने, जातिय चिन्तनभन्दा माथि उठेको सामाजिक अनुभवीलाई चुन्नु पर्दछ। राजनीति कसैलाई रहर लागेर धन खर्च गर्ने ठाउँ बनाउने कि सेवाको भावले प्रेरित सामाजिक क्षेत्र बनाउने त्यो हामी मतदातामा भर पर्दछ।

नेकपा एमाले महाशिला गाउँपालिका अध्यक्ष ईश्वरीप्रसाद भुसाल २९ वर्ष शिक्षा क्षेत्रमा रही १८ वर्ष प्रधानाध्यापक रहेर काम गर्नुभयो। आफ्नो नेतृत्वकालमा गोर्ल्याङ्धाम आधारभूत विद्यालयलाई पर्वत जिल्लाको सर्वोत्कृष्ट र नमुना विधालयको रुपमा स्थापित गर्नुभयो। नेकपा एमालेले त्यही अनुभवलाई उमेदवार बनाएको हो, व्यक्तिलाई होईन। २०७४ को निर्वाचनबाट महाशिला गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा निर्वाचित भएपछी चारैतिरबाट सडक संजालमा जोड्ने,सुत्केरी स्याहार,मृत्युमा भेटी र कोरादेखि कुनासम्म कार्यक्रमको नेतृत्व गर्नुभयो। भोका विद्यार्थीलाई दिवा खाजा कार्यक्रमको सुरुवात, करिब २५० काठे पोललाई फलामे पोलबाट विस्थापन, खरका छानालाई जस्ता छानामा विकास गर्ने अभियानको सुरुवात गर्नुभयो। शिक्षामा सुधारको लागि प्रत्येक विद्यालयमा प्रोजेक्टर वितरण र निरन्तर विद्यार्थी मूल्यांकनको आरम्भ गरी शिक्षा क्षेत्रमा सुधारको थालनी गर्नुभयो। वि.सं. २०३८ सालमा अखिल छैटौंको जिल्ला कमिटी सदस्य भई राजनीतिमा होमिनुभएका भुसाल बुद्धिजीवी संगठन ईलाका सदस्य २०४२, तत्कालीन मालेको पार्टी सदस्यता २०४७, २०६१-६७ सम्म ईलाका पार्टी सचिव र २०६७ देखि हालसम्म पार्टी सचिवालय सदस्य रहनुभयो। २०७८ मा सम्पन्न विधान महाधिवेशनमा पर्वतको ज्येष्ठ पार्टी नेताका रुपमा प्रतिनिधित्व गर्नुभयो। जिल्लामा पार्टीभित्र विवाद हुँदा समन्वयकारी नेताका रुपमा रहेर विवादलाई मिलाउने काम गर्नुभयो। स्वच्छ छवि, नम्र स्वभाव, वचनबद्धता, सरल जीवनशैलीका प्रर्याय भुसालले २०७४ सालमा आफैसँग प्रतिस्पर्धी रहेका नेपाली काँग्रेसका वडा अध्यक्षका उमेदवारलाई समेतलाई नेकपा एमालेमा पार्टी प्रवेश समेत गराईसक्नुभएको छ। नेकपा विभाजन पश्चात् होश्राङ्दीमा एमाले र माओवादीबिच विभाजन नभई एउटै पार्टी रहेको छ, त्यसको मुख्य कारण भुसालको नेतृत्व क्षमतालाई मान्दछन्।

आफैसँग वडाध्यक्षमा प्रतिस्पर्धा गरेकालाई पार्टी प्रवेश र नेकपा एकता निरन्तरता दिने महाशिला गाउँपालिकाका अध्यक्षका उमेदवार भुसालले वडा अध्यक्षलाई नेपाल सरकारले उपलब्ध गराएको तलबभत्ता समेत नलिई जनताको सेवामा अहोरात्र खटेका थिए।

Share Post on Social media