प्याराग्लाइडिङबाट खसेर स्याङ्जामा एक जना घाइते।

जेठ १३/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ५ स्थित स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर एक जना घाइते भएकी छन्।

प्याराग्लाइडिङ उडाउने क्रममा अनियन्त्रित हुँदा सोही स्थानकी १८ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी हुन्। उनलाई प्रभु एयरको हेलिकप्टर मार्फत उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रविन्द्र खनालले जनाएका छन्।

उनको टाउको, ढाड र खुट्टामा चोट लागेको र मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको तथा हाल अवस्था खतरामुक्त रहेको भीरकोट नगरपालिका वडा नं ५ का निवर्तमान वडाध्यक्ष तथा नेपाली कांग्रेस भीरकोट सभापति लक्ष्मण अधिकारीले बताए।

Share Post on Social media