फेदीखोला गाउँपालिकाले गोरु पालक किसानलाई अनुदान दिने
साउन २/स्याङ्जा: स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकाले गोरु पालक किसानलाई अनुदान दिने भएको छ।
कृषिमा यान्त्रिकरण अभियानसँगै फेदीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेटमा गोरु पालक कृषकलाई ८०% प्रोत्साहन अनुदानको समेत व्यवस्था गरेको हो।
हाते ट्रयाक्टर लगायतका प्रविधिका कारण गोरु पाल्ने किसानहरु कम हुँदै गएपछि उक्त अनुदानको व्यवस्था गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
Share Post on Social media
