फेदीखोला गाउँपालिकाले गोरु पालक किसानलाई अनुदान दिने
साउन २/स्याङ्जा: स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकाले गोरु पालक किसानलाई अनुदान दिने भएको छ।
कृषिमा यान्त्रिकरण अभियानसँगै फेदीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेटमा गोरु पालक कृषकलाई ८०% प्रोत्साहन अनुदानको समेत व्यवस्था गरेको हो।
हाते ट्रयाक्टर लगायतका प्रविधिका कारण गोरु पाल्ने किसानहरु कम हुँदै गएपछि उक्त अनुदानको व्यवस्था गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्