भाग्योदय नमुना मावि स्याङ्जाको नमुना भवन शिलान्यास

भदौ १३/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ६ उजेलीडाँडामा अवस्थित भाग्योदय नमुना माविको नमुना भवनको आज शिलन्यास गरिएको छ।

नेपाली कांग्रेसका पूर्वउपसभापति तथा पूर्व उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले आज एक कार्यक्रमका बीच उक्त भवनको शिलान्यास गरेका हुन्।

उक्त शिलन्यास कार्यक्रममा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, भीरकोट नगरपालिकाका मेयर गोविन्द कर्माचार्य, उपमेयर भगवती अर्याल, भीरकोट नगरपालिकाका संस्थापक मेयर छायाराम खनाल, नेकपा एमाले भीरकोट नगरअध्यक्ष विश्वनाथ अर्याल, नेपाली कांग्रेस भीरकोट सभापति लक्ष्मण अधिकारी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद पौडेल, विद्यालय निरीक्षक नविन थापा, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश प्रसाद कोइराला लगायत विभिन्न सामाजिक व्यक्तित्व, शिक्षक, पत्रकार तथा सयौँ विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बोल्दै बक्ताहरुले विद्यालय यस समाजको गहना रहेको र यसलाई नामको मात्र नमुना नभई विद्यार्थीको उज्वल भविष्य, प्राविधिक सीप, नैतिकता र अनुशासन, सामाजिक सद्चरित्र निर्माणको निम्ति समाजको अभिन्न दर्पण बनाउनुपर्ने कुरामा जोड दिएका थिए।

१ करोड ४९ लाख २८ हजार ९ सय १८ रुपैयाँ लागत रहेको उक्त भवन २०८० साल जेठ १० गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उक्त भवनको निर्माण गर्ने ठेक्का गजिन्द्र निर्माण सेवाले पाएको छ।

उक्त भवन शिलान्यास कार्यक्रममा संस्कृतिविद् डा. तुलसी प्रवास खनाललाई सम्मान समेत गरिएको थियो।‌‌

Share Post on Social media