दहथुम मावि भीरकोटमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

भदौ २४/स्याङ्जा: दहथुम माध्यमिक विद्यालय, भीरकोट – २ , दहथुम, स्याङ्जाको आयोजनामा आज अर्थात् वि.सं. २०७९ भदौ २४ गते शुक्रबार वी.पी. जयन्तीको सन्दर्भमा दहथुम माध्यमिक विद्यालयमा भीरकोट नगरपालिका क्षेत्रभित्रका माध्यमिक विद्यालयस्तरीय ” असल समाजको निर्माणमा विद्यार्थीको भूमिका ” शीर्षकमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भीरकोट – २ का वडाअध्यक्ष श्री श्यामकाजी अधिकारी ज्युको अध्यक्षतामा भएको यस कार्यक्रमको प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा भीरकोट नगरपालिका शिक्षा शाखा प्रमुख श्री विष्णुप्रसाद कोइराला रहनुभएको थियोे ।

विद्यालयका प्रधानाध्यापक श्री वेदप्रसाद अर्यालद्वारा निबन्धको शीर्षक सार्वजनिक गरिएको यस कार्यक्रममा भीरकोट नगरक्षेत्रभित्रका १० वटा माध्यमिक विद्यालयको तर्फबाट एकएक जना विद्यार्थी सहभागी भएका थिए ।

निबन्ध लेखन प्रतियोगितामा बालोदय आवासीय माध्यमिक विद्यालयका छात्र प्रान्जल तिवारीले प्रथम स्थान प्राप्त गर्न सफल भए भने दभुङठाटी माध्यमिक विद्यालयकी छात्रा भूमिका काफ्लेले द्वितीय स्थान प्राप्त गर्न सफल भइन् ।
त्यसैगरी शहीदशुक्र माध्यमिक विद्यालयका छात्र कविन्द्र काफ्लेले तृतीय स्थान प्राप्त गर्न सफल भए भने भाग्योदय माध्यमिक विद्यालयका छात्र भीष्म रेग्मीले सान्त्वना स्थान प्राप्त गर्न सफल भए।

निबन्ध लेखन प्रतियोगितामा निर्णायकको रूपमा विद्यालयका शिक्षकद्वय मिलन समीर र मनिषा कोइराला रहेका थिए भने कार्यक्रमको संचालन कक्षा – १२ मा अध्ययनरत छात्रा कोपिला के.सी.ले गरेकी थिइन् ।

Share Post on Social media