एसियन प्रोफेशनल एचिभमेन्ट अवार्ड २०२२ बाट स्याङ्जाका डुम्रे सम्मानित

असोज १४: अन्तर्राष्ट्रिय मिडिया फोरम तथा सञ्जाल रहेको सिजन मिडिया हाउस द्वारा आयोजना गरिएको कार्यक्रममा अन्तर्राष्ट्रिय पत्रकार महासंघका सदस्य समेत रहेका अकला आवाज मिडिया प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक प्रकाश डुम्रेलाई युएईको बर-दुवहीमा आयोजित कार्यक्रममा (ASIAN PROFESSIONAL ACHIEVEMENT AWARD 2022) द्वारा (dynamic journalist of the year)बाट सम्मानित गरिएको छ ।

विगत १९ बर्ष यता निरन्तर पत्रकारितामा सक्रिय डुम्रेलाई जोखिम पत्रकारिता पुरस्कार मार्फत अन्तर्राष्ट्रिय डायनमिक पत्रकारिता अवार्ड प्रदान गरिएको हो । डुम्रेले हालसम्म निरन्तर सत्ता र सरकार बाहिर रही व्यवस्थापिका,न्यायपालिका र कार्यपालिका भित्रका विकृति र बिसङ्ती बिरुद्ध कलम चलाउदै आएका छन् । देशका ७७ वटै जिल्लामा पुगेर प्रेस स्वतन्त्रताका बारेमा बहस चलाएका डुम्रेले ७१ जिल्लाका औपचारिक कार्यक्रममा वक्ताको रुपमा सहभागी जनाएका छन् ।

राज्य संयन्त्रको आडमा गरिएका नागरिक विरोधी गतिविधिमा कलम तथा बहसको माध्यमबाट राष्ट्रिय रुपमा अभियान चलाएका डुम्रेलाई सरकारले पटकपटक विभिन्न मुद्दामा फसाउने षड्यन्त्र गरेपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकार संघ संगठन र मानवअधिकार अधिकारबादी संस्थाहरुले व्यापक विरोध जनाएपछि सरकार पछि हटेको थियो । स्याङ्जा वालिङबाट पत्रकारिता जीवन सुरु गरेका डुम्रे हाल नेपाली पत्रकारितामा राष्ट्रिय पहिचान बनाएका छन् ।


देशको दुर्गम क्षेत्र कर्णाली देखि काठमाडौंसम्म र पुर्वको ताप्लेजुङ देखि कञ्चनपुरसम्मका सबै जिल्लामा डुम्रेले नागरिक अभियान लिएर पुगेका छन् ।
देशभरका झण्डै ७१ जिल्लामा मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभियान लिएर पुगेका डुम्रेलाई सिजन मिडिया फोरमले युएईमा उक्त अवार्ड दिएको हो ।डुम्रे अन्तर्राष्ट्रिय पत्रकार महासंघ(आ.एफ.जे)को सदस्य तथा जनपत्रकार संगठन नेपालका निर्वतमान केन्द्रीय अध्यक्ष समेत हुन । डुम्रेलाई भारतीय जनता पार्टीका बरिस्ठ नेता डा.बिजय जोली, एसिया पेसिफका अध्यक्ष डा.रोबर्ट एस किट्टेल(यु.एस.ए.) लगायतले अवार्ड प्रदान गरेका हुन ।
कार्यक्रममा एनआरएन युएईकाअध्यक्ष ठाकुर ढुङ्गाना लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
स्रोत: onkhabar.com/अकला आवाज

Share Post on Social media