तेश्रो कोखे महोत्सवमा आजबाट भलिबल सेमिफाइनल गेम सुरु, वालिङ फाइनलमा

कार्तिक ८/वालिङ: “ग्रामीण पर्यटनको विकास,राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ जनसेवा युवाक्लबले कार्तिक ४ गतेदेखि ९ गतेसम्म आयोजना गरेको तेश्रो कोखे महोत्सवमा आजबाट भलिबल प्रतियोगिताका सेमिफाइनल खेल सुरु भएका छन्।

वालिङ भलिबल क्लब भर्सेस प्रगतिशील युवा क्लबबीच भएको पहिलो सेमीफाइनलबाट वालिङ भलिबल क्लब फाइनल प्रवेश गरेको छ भने दोश्रो सेमिफाइनल खेल मिसन थ्रीस्टार क्लब काउले र गल्याङ भलिबल क्लबबीच आजै हुनेछ।

भलिबल प्रतियोगिता सहित विविध साँस्कृतिक कार्यक्रमहरु गरी तेश्रो कोखे महोत्सव सञ्चालन गरिएको छ।

Share Post on Social media