कोखे महोत्सवमा आयोजित पुरुष भलिबलमा वालिङ र मिसन थ्रीस्टार भिड्ने

कार्तिक ८/वालिङ: नवज्योति जनसेवा युवाक्लबले आयोजना गरेको तेश्रो कोखे महोत्सव भोलि सम्पन्न हुने भएको छ। समापन समारोहसँगै क्लबले आयोजना गरेको पुरुष भलिबल समेतको फाइनल भोलि नै खेलाइने भएको छ।

तेस्रो कोखे महोत्सवमा आयोजित पुरुष भलिबलको उपाधिका लागि वालिङ् भलिबल क्लब र मिसन थ्री स्टार क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ।

आज भएको सेमिफाइनल खेलमा वालिङले प्रगतिशील युवा क्लब ओकादीलाई हराउँदै फाइनलको पुगेको हो । वालिङ र ओकादीबीच भएको खेल वालिङले सोझो तीन सेटमा जित्दै फाइनल प्रवेश गरेको हो। पहिलो सेट २५–१७, दोस्रो सेट २५–१४ र तेस्रो सेट २७–१७ को अंक स्थितिले वालिङ फाइनलमा जान सफल बन्यो।

यस्तै दोश्रो सेमिफाइनतर्फ नेपाल तारा क्लब तल्लो गल्याङ र मिसन थ्री स्टार काउलेबीच भएको खेलमा मिसन थ्री स्टारले जित्यो । निकै प्रतिस्पर्धात्मक र रोचक भएको खेल पहिलो सेट गल्याङले २५–२२, दोस्रो सेट काउलेले २५–२३, तेस्रो सेट काउलेले २५–२२, चौथो सेट गल्याङले २५–२३ र पाँचौ सेट काउलेले १७–१५ ले जित्यो । 

फाइनल भिडन्त भोलि १ बजे हुनेछ।

Share Post on Social media