कालिका मावि झापाकोटको ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

पौष २/स्याङ्जा: कालिका मावि झापाकोटले आफ्नो ३१ औं स्थापना दिवस, पुरस्कार वितरण तथा अभिभावक समारोह भव्य रुपमा सम्पन्न गरेको छ।‌

आज विविध साँस्कृतिक प्रस्तुतिसहित अभिभावक दिवस कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाइएको उक्त विद्यालयले जनाएको छ।

विशिष्ट अतिथि वडा नं १३ का वडाध्यक्ष जुद्ध बहादुर थापा, भीरकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष ताराप्रसाद अर्याल, पूर्व विव्यस अध्यक्ष मिनप्रसाद कोइराला, वर्तमान अध्यक्ष दोबबहादुर कार्की, विद्यालयका प्रधानाध्यापक विरबहादुर क्षेत्री लगायतका सयौँ अभिभावक, शिक्षक, समाजसेवी, पूर्वविद्यार्थी र शुभेच्छुकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न क्रियाकलापमा विजयी भएका विद्यार्थीलाई पुरस्कार वितरण समेत गरिएको थियो। उक्त पुरस्कार वितरण तथा अभिभावक दिवस कार्यक्रम विद्यालयका शिक्षक कृष्णशरण लामिछानेले गर्नुभएको थियो।

विद्यालयले हरेक वर्षको पौष २ गते वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम आयोजना गर्दै आइरहेको छ।

Share Post on Social media