विरुवा गाउँपालिकाले आयोजना गरेको भलिबल प्रतियोगितामा कालीगण्डकी प्रथम

चैत ४/स्याङ्जा: विरुवा गाउँपालिका स्थानीय खेलकुद विकास समितिको आयोजनामा संचालित छैटौं अध्यक्ष कप -२०७९ पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

आज आयोजित समापन समारोहमा विरुवा गाउँपालिका अध्यक्ष सूर्य कुँवरले विजयी टोलीलाई नगद सहित शिल्ड प्रदान गरेका हुन्। कालीगण्डकी गाउँपालिका, विरूवा गाउँपालिका र वालिङ नगरपालिकाले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । प्रथम हुने कालीगण्डकी गाउँपालिकाले रु. १ लाख ५० हजार, दोश्रो स्थान हासिल गर्ने विरुवा गाउँपालिकाले रु. १ लाख र तेस्रो स्थान हासिल गर्ने वालिङ नगरपालिकाले रु. ५० हजार नगद पुरस्कार समेत प्राप्त गरेका छन् ।

उक्त प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई पालिकाले आभार प्रकट समेत गरेको छ।

Share Post on Social media