” लेखकीय सत्ताको सामर्थ्य ” विषयक अन्तरक्रिया तथा सिर्जना वाचन समारोह सम्पन्न

वैशाख १७/स्याङ्जा: प्रथम राष्ट्रिय लेखक दिवसको सन्दर्भमा नेपाली लेखक संघ, स्याङ्जाको आयोजनामा ” लेखकीय सत्ताको सामर्थ्य ” विषयक अन्तरक्रियासङ्गै सिर्जना वाचन समारोह – २०८० वैशाख १६ गते शनिबारका दिन आज वालिङ नगरपालिका – ६, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ ।

नेपाली लेखक संघ, स्याङ्जाका अध्यक्ष मिलन समीरको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्व वरिष्ठ साहित्यकार श्री देवीप्रसाद वनवासीद्वारा व्यानरमा उल्लेख गरिएको विवरण वाचन गरेर कार्यक्रमको समुदघाटन गरिएको थियोे ।

कार्यक्रमको शुरूवातमा ज्ञात / अज्ञात वीर शहीदहरुको सम्झना र सम्मानमा एक मिनेट मौनधारण गरिएको थियोे ।

विशिष्ट आमन्त्रित व्यक्तित्व राष्ट्रिय सभाका पुर्व सदस्य माननीय श्री खगेन्द्रराज रेग्मी, वरिष्ठ साहित्यकार श्री त्रिलोचन ढकाल, वरिष्ठ साहित्यकार डा. अच्युतशरण अर्याल, ज्याग्दिखोला साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार श्री देवेन्द्र लम्साल, नेपाली लेखक संघ, स्याङ्जाका पुर्व अध्यक्ष श्री कुमार राना, श्री जीवलाल काफ्ले, प्रजातान्त्रिक विचार समाज, स्याङ्जाका अध्यक्ष श्री युक्तबहादुर बोगटी, वरिष्ठ साहित्यकार श्री ध्रुवप्रसाद शर्मा पङ्गेनी, प्रगतिशील लेखक संघ, स्याङ्जाका उपाध्यक्ष वरिष्ठ साहित्यकार श्री अनन्त अर्याल, युवाकवि श्री शम्भु अर्याल, श्री दीपक लम्साल र नेपाल शिक्षक संघ, स्याङ्जाका अध्यक्ष श्री पशुपति पौडेलद्वारा ” लेखकीय सत्ताको सामर्थ्य ” को बारेमा आफ्नो गहन सारगर्भित विचार व्यक्त गरिएको उक्त समारोहमा नेपाली लेखक संघ, स्याङ्जाका उपाध्यक्ष युवाकवि श्री युवराज सुवेदीद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको थियोे ।

समारोहमा आमन्त्रित व्यक्तित्व वरिष्ठ साहित्यकार श्री लेखनाथ काफ्ले, वरिष्ठ साहित्यकार श्री नारायणप्रसाद रेग्मी, श्री सीताराम अधिकारी, श्री यमकान्त खनाल, श्री चण्डिकाप्रसाद भट्टराई, श्री दमकला बगाले, श्री रामचन्द्र भट्टराई, श्री गोपाल जी.टी., श्री देवराज गैह्रे, श्री गोपालप्रसाद अधिकारी, श्री कमला अधिकारी सिग्देल, श्री कमलप्रसाद बगाले, श्री राजेश सुवेदी, श्री श्यामप्रसाद ढुंगाना, श्री विष्णुकुमार श्रेष्ठ, श्री जी.बी. राना, श्री दर्शन पाठक, श्री राजकुमार उपाध्याय, श्री दुर्गा सारु, श्री मालारानी थापा क्षेत्री, श्री सिजन अर्याल, श्री स्मारिका अर्याल, श्री सिम्रन खड्का, श्री सन्चिता सुवेदी र श्री एलिना पौडेल लगायतका महानुभावहरुद्वारा आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरिएको थियोे ।

उक्त समारोहको सहजीकरण नेपाली लेखक संघ, स्याङ्जाका सचिव श्री युवराज पौडेलद्वारा गरिएको थियोे।

Share Post on Social media