स्याङ्जामा नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला शाखाको धर्ना

जेठ २१/राम बहादुर रोकाहा , स्याङ्जा


स्याङ्जाको पुतलीबजार नगरपालिका वार्ड -३ स्थित शिक्षा विकास तथा समन्वय इकाईको प्राङ्गणमा नेपाल विद्यालय कर्मचारी परिषद्
स्याङ्जा जिल्ला कार्यसमितिले धर्ना दिएको छ ।

मुलुकभरका सामुदायिक विद्यालयहरुमा न्यून तहमा कार्यरत कर्मचारीहरुको पुर्ण सेवा सुविधा सहित पेशागत स्थायित्वका विषयक नेपाल सरकारको नीति तथा कार्यक्रमको बुँदा न. १२७ मा समेत उल्लेख भएको तर बजेटमा नसमेटिएकोमा नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिको निर्णय अनुसार नेपाल सरकारले यथासक्य बजेटमा संसोधन गरि विद्यालय कर्मचारीहरुका सेवा सुविधा संसोधित गर्न माग सहित स्याङ्जा शाखाले आइतबारका दिन शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिइएको उक्त परिषदका जिल्ला अध्यक्ष चिरञ्जीवी न्यौपानेले बताउनुभयो । सो धर्ना २६ गतेसम्म रहने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

यदि माग संसोधन नगरेमा राष्ट्रिय समितिको निर्णय अनुसार नेपाल शिक्षक महासङ्घ मार्फत सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गरी आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य रहेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

Share Post on Social media