आँधीखोला गाउँपालिकाको १० किमी सडक कालोपत्रे गरियो

असार १०/स्याङ्जा:

आँधीखोला गाउँपालिका र पूर्वाधार विकास कार्यालयको समन्वयमा १०.२ किलोमिटर सडक कालोपत्रे गरिएको छ।

पूर्वाधार विकास कार्यालय स्याङ्जाले ८ किलोमिटर सडक कालोपत्रे गर्दा गाउँपालिकाले आफ्नो लगानीमा २.२ किलो मिटर सडक कालोपत्रे गरेको हो। पूर्वाधार विकास कार्यालय स्याङ्जाले सिद्धार्थ राजमार्ग नागडाँडाबाट पर्वतको कार्की नेता जोड्ने सडकको सेपत हिलेखोला दोस्रोखण्ड डीबीएसटी कालोपत्रे गरेको हो।

सेपत हिलेखोला खण्डको साढे नौ किलोमिटरमध्ये सात किलोमिटर सडक कालोपत्रे भएको कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिए। सडक महालक्ष्मी पाण्डे एण्ड कम्पनी शान्ति जेभीले २०८८ मंसिरमा दुई वर्षमा सक्ने गरेर सम्झौता गरेको थियो। निर्माण कम्पनीले १९ करोड ९० लाख पाँच हजार ८३१ रुपियाँमा सम्झौता गरेको थियो।

यता आँधीखोला गाउँपालिकाले आफ्नो लगानीमा जरेखोला मडुवा सडक प्रिमिक्स कालोपत्रे गरेको हो। गाउँपालिकाले २.२ किमी सडक दुई करोड २६ लाख रुपैयाँमा अनसुबी स्वर्णिम जेभी पोखराले कालेपत्रे गरेको हो।

२०७९ साउन १६ गते एक वर्षमा काम सक्ने गरेर सम्झौता गरेको स्वर्णिमले म्याद सकिन दुई महिना अगावै कालोपत्रे गरिएको हो।

Share Post on Social media