भीरकोट नगरपालिकाले बाँड्यो घाँसका बेर्ना तथा कृषि औजार

साउन ७/केके संवाददाता: भीरकोट नगरपालिकाले नगरपालिकाभित्र रहेर सक्रिय रुपमा कृषि उद्यम गरिरहेका किसानलाई घाँसका बेर्ना तथा कृषि औजार वितरण गरेको छ।

भीरकोट नगरपालिकाभित्र कृषि पेशामा आबद्ध किसानहरुलाई कृषि औजार तथा घाँसका बेर्ना वितरण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार राइखनियो प्रजातिको घाँसका ३५०० बिरुवा, मेनरोला २००० बिरुवा, भटमासे १००० बिरुवा, स्मार्ट नेपियर १०००० बिरुवा, मरिङ्गा ८०० बिरुवा वितरण गरिएको हो।

साथै, नगरपालिकाले भीरकोट दुग्ध उत्पादक सहकारीका किसानलाई २ वटा पिसानी मेसिन र ४ वटा तौल मेसिन समेत वितरण गरेको छ।

भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कर्माचार्यले किसानहरुलाई उक्त सामग्री तथा घाँसका बिरुवा प्रदान गरेका हुन्।

Share Post on Social media