विरुवा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको सक्रियतामा सुरु गरियो आलु खेति
मंसिर २९/स्याङ्जा : विरुवा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सक्रियता सार्वजनिक सेवा प्रवाहमा मात्र नभई कृषिमा समेत बढेको छ।
विरुवा गाउँपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गालाई बाँझो नराख्ने अभियानअन्तर्गत हालको मौसम सुहाउँदो खेतीको रुपमा आलु खेति सुरु गरिएको जनाएको छ। विरुवा गाउँपालिकाको स्वामित्वमा रहेको ३ रोपनी जग्गामा आलु खेति सुरु गरिएको र यस अभियानलाई क्रमशः गाउँपालिकाभर पुर्याउने योजनामा आफूहरु रहेको विरुवा गाउँपालिकाका सूचना अधिकारी पिताम्बर पोख्रेलले जानकारी दिए।
उनका अनुसार कृषि कर्म गरिरहेका किसानहरुलाई थप क्रियाशील बनाउन र कृषि पेशामा युवाहरुको समेत सक्रियता बढाउन पनि यस्ता खालका कार्यक्रमहरु आवश्यक रहेको उनको भनाइ छ। विभिन्न स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिको तालमेल नमिलिरहेका कुरा बाहिर आईरहँदा विरुवामा भने जनप्रतिनिधि र कर्मचारी मिलेरै यस्ता कार्यहरु गरिरहेका छन्।
यसअघि मात्र विरुवा गाउँपालिका क्षेत्रभित्र रहेका खोलाहरुमा माछाका भुरा छाडिएको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्