स्ववियु वालिङ बहुमुखी क्याम्पसले हाजिरीजवाफ प्रतियोगिता गर्दै

जीवन अर्याल/वालिङ: स्वतन्त्र विद्यार्थी युनियन वालिङ बहुमुखी क्याम्पसले हाजिरीजवाफ प्रतियोगिता गर्ने भएको छ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत यही साउन १९ गते शुक्रबार हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिँदै स्ववियु वालिङ बहुमुखी क्याम्पसले इच्छुकलाई प्रतियोगितामा सहभागी अनुरोध समेत गरेको छ।

समूहमा ३ जना (१ महिला अनिवार्य) उपस्थित गराउनुपर्ने, विज्ञान, भूगोल, गणित, राजनीति, धर्म र खेलकुद विषयबाट १०० वटा प्रश्नहरु कार्यक्रम सञ्चालन, मिति भन्दा २ दिन अगाडि नै बुझाउनुपर्ने, विद्यालयमा भर्ना भई कक्षा लिएको खुल्ने परिचय पत्र अनिवार्य ल्याउनुपर्ने, +२ र स्नातक तहका विद्यार्थीमात्र सहभागी गराउनु पर्ने, १ जना शिक्षक प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्ने जस्ता नियमहरु उक्त प्रतियोगिताका लागि राखिएको स्ववियुद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

साथै स्ववियु वालिङ बहुमुखी क्याम्पसले पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु ५०००, मायाको चिनो र प्रमाण पत्र, द्वितीय पुरस्कार नगद रु ३,०००, मायाका चिनो र प्रमाण पत्र , तृतीय पुरस्कार नगद रु २,०००, मायाको चिनो र प्रमाणपत्र रहेको जनाएको छ।

हाजिरीजवाफ प्रतियोगिता वालिङ बहुमुखी क्याम्पस वालिङमा हुनेछ।

Share Post on Social media