बाख्रापालक किसानले गरे चाडबाडको शुभकामना आदानप्रदान कार्यक्रम

असोज २९/राजन प्रसाद पौडेल: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ३ बानेथोक रहेका बाख्रापालक किसानहरुले बडादशैं तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन्।

बानेथोक देउराली व्यवसायिक बाख्रापालन समूह भीरकोट – ३ स्याङ्जाले विजयादशमी,शुभदीपावली र छ्ठ पर्व २०८० को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान समारोह हिजो सम्पन्न गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भीरकोट नगरपालिका वडा नं – ३ का वडाध्यक्ष केशर वहादुर खड्काले भ्रममा नपरी पशुहरुलाई खोप लगाउन आग्रह गरेका छन् । यसैगरी भीरकोट बाख्रापालन महसंघका संयोजक भुवन बम मल्लले किसानहरूलाई पर्ने समस्या र अप्ठ्याराहरुको समाधान गर्न पहल गर्ने बाख्रा पालनको लागि आवश्यक पर्ने घाँसको बीउबिजन रोग लागेमा औषधि उपचारको लागि पशु कार्यालयसँग समन्वय गर्न अग्रसर हुने जस्ता विभिन्न कुराहरुमा आफूले सहजीकरण गर्ने बताएका थिए ।

उनले किसानहरुले राखेका विभिन्न समस्यासँग सम्बन्धित प्रश्नको जवाफ पनि दिएका थिए । उक्त कार्यक्रममा भीरकोट पशु सेवा केन्द्रका प्राविधिक थान प्रसाद तिवारीले पशु सेवा कार्यालयबाट नि:शुल्क रुपमा औषधि प्राप्त हुने र पशु बिमाको लागि बीमा कम्पनीहरुलाई खबर गरिदिने बाताए।

कार्यक्रमलाई बाख्रा महासंघ जिल्ला सल्लाहकार केशरजंग अधिकारी लगायतले आ -आफ्नो मन्तव्य राखेका थिए। २६ वटा बाख्रा फर्म र ८ वटा कृषि फर्म भएको बानेथोक देउराली व्यावसायिक बाख्रापालन समूह भीरकोटका उपाध्यक्ष भेषम बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमलाई कृषक नोर बहादुर मास्कीले स्वागत गरेका थिए भने समूहका सदस्य कमल खड्काले कार्यक्रम संचालन गरेका थिए ।

भीरकोट मासुजन्य पदार्थमा आत्मनिर्भर बन्दै गएको र मासुका लागि दाङ, बाँके, जुम्ला, मुस्ताङ लगायतका ठाउँबाट आउने खसी बोका तथा च्याङ्ग्राहरु समेत हाल ल्याउने क्रम रोकिँदै गएको किसानहरुले बताएका छन्।

Share Post on Social media