पन्चकन्याका बाली विज्ञान विद्यार्थीहरुले उत्पादन गरे तरकारी


मंसिर १६/स्याङ्जा : स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका स्थित पञ्चकन्या माविमा बाली विज्ञान विद्यार्थीहरुले उत्पादन गरेका कृषि उपजहरुलाई बजारीकरण गरिने भएको छ ।


अर्जुनचौपारी गाउँपालिकाको सदरमुकाममा स्थित श्री पन्चकन्या माध्यमिक विद्यालयका प्राविधिक धार बाली विज्ञान तर्फका विद्यार्थीहरुले आफैं सिक्दै पढ्दै कमाउँदै गर्ने अभियान अन्तर्गत कृषि उपजहरु उत्पादन गर्न लागेका हुन् ।


उनिहरुले आफ्नो विद्यालयमा पठनपाठन सँगसँगै हुने अतिरिक्त क्रियाकलाप मध्ये कृषि उपज उत्पादनलाई पनि जोड दिँदै बिक्रीवितरण गरी अतिरिक्त लाभ लिन सकिने बताउँछन् । विद्यालयले २ रोपनी जग्गा लिजमा लिएर विद्यार्थीहरुलाई पठनपाठन सङसङै अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै कृषि कार्यमा जोड्न सिक्दै पढ्दै साथै कमाउँदै अभियान शुरु गरिएको विद्यालयका एक शिक्षक पृथ्वी सुवेदीले बताए ।
उनले सो अभियानबाट विद्यालय, विद्यार्थी, अभिभावक साथै सरोकारवाला सबैलाई अतिरिक्त फाइदा हुने जानकारी दिए ।


आगामी दिनमा यस अभियानलाई निरन्तरता दिएर उपयुक्त अहिलेको समयमा एउटा नर्सरी स्थापना गरी कृषि उपज उत्पादन, च्याउखेती, सयपत्री फुल उत्पादन साथै विरुवाहरु उत्पादन गर्दै बिक्रीवितरण गरेको र अझ थप व्यवस्थित गर्दै विद्यार्थीहरुलाई यस्तै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउने शिक्षक सुवेदीले बताए ।

समाचार खबरकलम डटकमका संवाददाता रामबहादुर रोकाले तयार पारेका हुन्।

Share Post on Social media