भीरकोटले बाँड्यो किसानहरुलाई ६० वटा हाते ट्रयाक्टर
खबरकलम समाचार डेस्क/पौष २३ गते: भीरकोट नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका किसानलाई ६० वटा हाते ट्रयाक्टर वितरण गरेको छ।
आज मिति २०८० साल पौष २३ गतेका दिन आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत विशेष अनुदानको एकीकृत कृषि विकास कार्यक्रम अन्तर्गत साझेदारीमा कृषि यन्त्रिकीकरणका लागि कृषकहरुको निवेदन मार्फत माग बमोजिम हाते ट्याक्टर वितरण गरिएको भीरकोट नगरपालिकाले जनाएको छ।
उक्त ट्रयाक्टर वितरण कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले नगरपालिकाले प्रदान गरेका कृषि उपकरणहरु मार्फत कृषि कार्यमा सरिक हुन र उत्पादनमूलक क्षेत्रतर्फ हिँड्न किसानहरुलाई आग्रह गरे।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्