स्याङ्जामा देवीस्थान कप 5A साइड फुटसल हुने

फागुन ५/रामबहादुर रोका: स्याङ्जाको पुतलीबजार नगरपालिकामा 5A साइड फुटसल हुने भएको छ ।

स्याङ्जाको देवीस्थान युवा क्लबले `स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद ´ भन्ने मुल नारासहित देवीस्थान कप 5A साइड फुटसल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष नरेश गुरुङले जानकारी दिए ।

उनले उक्त प्रतियोगिता फागुन १६ गतेदेखि १९ गतेसम्म पुतलीबजार नगरपालिका-२ देवीस्थान खेलमैदानमा हुने बताए। फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई ४० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुने टिमलाई २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिने खेल संयोजक सोनु गुरुङले जानकारी दिए । उनले मेन अफ द म्याच, बेस्ट प्लेयर, बेस्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि उत्कृष्ट पुरस्कार रहेको बताए ।

Share Post on Social media