भुम्रे माविमा अक्षयकोष स्थापना तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

आरती कुँवर/वालिङ : स्याङ्जा जिल्लाको वालिङ स्थित भुम्रे माविमा राजेन्द्र अञ्जना फाउण्डेशनद्वारा अक्षयकोष स्थापना तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

पर्वत जिल्लाको पैयुँ गाउँपालिका वडा नं ४ स्थित राजेन्द्र अञ्जना फाण्डेशनद्धारा वालिङ नगरपालिका वडा नं ९ भुम्रे स्थित श्री भुम्रे माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको हो। रु एक लाख पचास हजारको अक्षयकोष स्थापना गरिएको उक्त कार्यक्रममा राजेन्द्र अञ्जना फाण्डेशनका तर्फबाट संस्थापक अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो बाजेले शैक्षिक क्षेत्रमा गरेका विभिन्न महत्वपूर्ण गतिविधिबाट प्रभावित भई आफू पनि शैक्षिक क्षेत्रमा सहयोग गर्ने धारणा सहित अघि बढेको बताए।

उक्त कार्यक्रममा बोल्दै वालिङ नगरपालिका वडा नं ९ का वडाध्यक्ष शेरबहादुर श्रेष्ठ “अमृत”ले विद्यालयमा अक्षयकोष स्थापना तथा शैक्षिक सामग्री वितरण गरी सहयोग गरेकोमा आभार व्यक्त गरे। उनका अनुसार उक्त सहयोग पर्याप्त नभएपनि यो सहयोगले गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरे। समाज परिवर्तनको लागि यस्ता खालका सहयोगी व्यक्ति र सहयोग अपरिहार्य रहेको उनको भनाइ थियो। उक्त कार्यक्रममा प्रदान गरिएका शैक्षिक सामग्री किताब, कपी, कलम, खेलकुदका सामग्रीहरु लगातका थिए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ताराप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रध्यानाध्यापक तिलक प्रसाद पराजुलीले र शिक्षक गोविन्दप्रसाद काफ्लेले सञ्चालन गरेका थिए।

उक्त कार्यक्रमबाट स्थापना गरिएको अक्षयकोषको व्याजबाट प्राप्त हुने रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने जानकारी भुम्रे माविका शिक्षक ध्रुव पंगेनीले दिए।

Share Post on Social media